एनआईसी एशिया बैंकमा ग्राहकलाई पाँच सेवा थप

HTV Khabar १० जेठ २०८०, बुधवार ०७:५१ मा प्रकाशित

एनआईसी एशिया बैंकले भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गर्दा थप पाँच वटा सुविधा पाउने भएका छन्। भिडियो कल गर्दा केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।

अनलाइन खाता खोल्ने ग्राहकका लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा जोडेको हो। घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवा बैंकको वेबसाइटबाटै भीकेवाईसीबाट इच्छाएको सेवा छनोट गरी बैंकलाई अनुरोध गर्न सक्नेछन्।

ग्राहकले दिएको अनुकूल समयमा बैंकले सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ। परिवर्तित समयअनुरूप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनुपर्छ।