काठमाडौं महानगरले हाँडीगाउँको सडकलाई ‘वान वे’ बनाउँदै

HTV Khabar २९ माघ २०८१, मङ्गलबार १२:१३ मा प्रकाशित

काठमाडौं,  काठमाडौं महानगरपालिकाले महानगरको वडा नं ५ अन्तर्गत हाँडीगाउँका केही सडकलाई एकतर्फी (वान वे) बनाउने भएको छ। 

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन भन्दै महानगरले सवारीसाधन एकतर्फी सञ्चालन गर्न लागेको हो। 

महानगरपालिकाको भवन व्यवस्था समितिको ०८१ पुस ५ गतेको निर्णयानुसार ०८१ फागुन ७ गतेबाट लागू हुने गरी ती सडक एकतर्फी सञ्चालन गर्न लागेको सहरी व्यवस्थापन विभागले जनाएको छ। 

एकतर्फी हुँदै छन्  यी सडक
१. काठमाडौं महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने।
२. विशालनगरतर्फबाट आउने सवारीसाधनलाई भीमसेन मार्ग हुँदै वडा नं.५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाउने।
३. हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनलाई थटु मार्गतर्फबाट पठाउने। 
४. नक्साल भाटभटेनीतर्फबाट आउने सवारीसाधनहरू वडा नं ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने।
५. ढुंगेधाराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध।
६. वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध।
७. बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध।