हेटौंडा, मकवानपुरमा ८८ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातामाटे चेकपोष्टबाट प्रहरीले ८८ किलो गाँजासहित उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका–६, बज्रबाराहीका २५ वर्षीय सविन कुमार गुरुङ रहेका छन्। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले चितवनबाट सर्लाही जाँदै गरेको ना ८ ख ७५०४ नम्बरको कन्टेनर ट्रकलाई जाँच गर्दा लागुऔषध गाँजा रहेको पाइएपछि गुरुङसहित ट्रकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।