बूढानीलकण्ठ -१० समाजवादीको अधिवेशनमा केदार चौलागाईंको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन

सबिन पन्त 'पृथक' १३ माघ २०८०, शनिबार ०८:२५ मा प्रकाशित

काठमाडौं, नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को अधिवेशनबाट केदार प्रसाद चौलागाईंको अध्यक्षतामा १४ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ।


बूढानीलकण्ठ नगरपालिकाको मिलन चोकस्थित पार्टी भेन्युमा आयोजित अधिवेशनबाट अध्यक्षमा केदारप्रसाद चौलागाईं, उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद दाहाल, सचिव विश्वबल्लभ नेपाल, उपसचिव मोहन केसि निर्वाचित भएका छन्।


त्यस्तै सदस्यहरुमा क्रमश भिमसेन प्रसाद गौतम, मनोज कुमार सिह(खडका),गिता पाठक, केशबप्रसाद चौलागाईं, मनिराज कार्की, पदमबहादुर थापा, सरिता न्यौपाने, लक्ष्मी अधिकारी, सुरजकुमार श्रेष्ठ, राजेन्द्र खतिवडा निर्वाचित भएकाछन्।


आज भएको अधिवेशनमा खुल्ला सत्र र बन्द सत्रमा गरि दुई सत्रमा भएको कार्यक्रमको उद्घाटन सत्र केदारप्रसाद चौलागाईंको अध्यक्षतामा तथा काठमाडौ जिल्ला सह-इन्चार्ज तथा केन्द्रिय सदस्य कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो।


उक्त कार्यक्रममा अतिथिमा केन्द्रिय सदस्यद्वय सीता श्रेष्ठ र मनराज भुजेल लगायत केन्द्रिय परिषद सल्लाहकार सदस्यकुमार प्रसाद ओझा, महानगर कमिटीका पदाधिकारी, लगायत नगर कमिटी अध्यक्ष निराजन नेपाल र विभिन्न कमिटीका सदस्यहरुको समेत उपस्थिती रहेको थियोे।


काठमाडौ क्षेत्र ४ का संयोजक ठाकुरप्रसाद खकुरेल उपस्थित रहेको कार्यक्रम नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगर कमिटी सचीव बिमल लामाले सञ्चालन गरेका थिए। 


बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १०को अधिवेशन कार्यक्रममा नगरकमिटीका अध्यक्ष निराजन नेपालले मन्तव्य राख्दै अब चाडैं नै बूढानीलकण्ठ नगरपालिकाका सबै वडामा अधिवेशन सम्पन्न गरिने बताएका थिए। मन्तव्यको क्रममा काठमाडौ  जिल्ला कमिटी सचीव धुर्वराज न्यौपानेले काठमाडौं जिल्लाको सबै वडा तहमा कमिटी निर्माण लगायत अधिवेशन गर्नुपर्ने बताएका थिए।


यसै क्रममा प्रमुख अतिथि कुसुम कुमार कार्कीले काठमाडौ क्षेत्र नम्बर ४ मा आयोजना हुन लागेको पिकनिक कार्यक्रममा महिलाहरुको व्यापक उपस्थित हुन र गराउन निर्देशन दिदै उक्त क्षेत्रमा पार्टीको उपस्थिती दह्रो बनाउन आह्वान गर्दै नयाँ समितिलाई बधाई दिई कमिटीका पदाधिकारीहरुलाई  प्रमाणपत्र प्रदान गरेका थिए।