एभरेस्ट नम्बर वान, लाभांश क्षमता कुन वाणिज्य बैंकको कति ?

HTV Khabar २१ श्रावण २०८१, सोमबार ०१:३० मा प्रकाशित

काठमाडौं, लाभांश क्षमताका आधारमा एभरेस्ट बैंक एक नम्बरमा उभिएको छ। बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेस्टको लाभांश क्षमता २९.८६ प्रतिशत देखिएको हो।

लाभांश क्षमताका आधारमा स्ट्यान्डर्ड चार्टर्ड दोस्रो र कृषि विकास बैंक तेस्रो नम्बरमा छ। चार बैंकको भने वितरणोग्य नाफा ऋणात्मक रहेकाले उनीहरुले लाभांश दिन सक्दैनन्। लाभांश दिन नसक्ने बैंकहरु एनआईसी एशिया, कुमारी, हिमालयन र एनआईएमबी रहेका छन्।