बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नि:शुल्क पूर्व परिक्षण स्वास्थ्य सिविर आयोजना हुने भएको छ।
जेष्ठ नागरिक समाजको संयोजन तथा बूढानीलकण्ठ वडा नं. १० को कार्यालयद्वारा आयोजना हुनलागेको स्वास्थ्य सिविरमा ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गरेर नाक, कान, घाँटी तथा प्रोष्टेट रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य परिक्षण गरिने वडाध्यक्ष नवराज भट्टराईले बताएका छन्।
सिविरमा नाक, कान, घाँटी सम्बन्धि परिक्षण वीर अस्पतालका प्रोफेसर डाक्टर दीपेन्द्र गौतमले गर्नेछन् भने प्रोष्टेट सम्बन्धि परिक्षण ह्याम्स हस्पिटलका डाक्टर अब्रत जोशीले गर्नेछन्।
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० डिट्ठाचौर, बालुवाखानीस्थित नगर अस्पताल परिसरमा पौष २१ गते शनिवार बिहान ९:०० बजेदेखि दिउँसो २:०० बजेसम्म स्वास्थ्य सिविर सञ्चालन हुने जनस्वास्थ्य अधिकृत उपमा दाहालले जानकारी दिएकी छन्।
