घाँटी रेटिएको अवस्थामा फेला परेका ओभरसियर भट्टको मृत्यु

HTV Khabar १७ असार २०८१, आइतबार ०६:३४ मा प्रकाशित

काठमाडौं, घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियर डम्वरदेव भट्टको मृत्यु भएको छ।

डडेल्धुरा को अमरगढी नगरपालिका-५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका थिए। उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ले जनाएको छ। घटनास्थलमा चक्कु पनि फेला परेको छ। डम्बर हिजो बेलुकादेखि हराएका थिए।

हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका हुन्। धनगढीमा उपचार कै क्रममा ओभरसियर भट्टको मृत्यु भएको हो। उनी आज बिहान मात्रै घाँटी चक्कुले रेटेको र रकताम्य अवस्थामा भेटिएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।