नाबालिग बलात्कार मुद्धामा जेल जीवन विताइरहेका पल शाह आज रिहा भएका छन्। शाहलाई उच्च अदालत पोखराले आईतवार सफाइ दिएको हो।
आईतवार कार्यालय समय सकिएकोले शाह सोमवार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर जेल मुक्त भएका हुन्। उनीमाथि लागेको आरोपमा तनहुँ जिल्ला अदालतले सफाई दिएपनि उनी थुनामुक्त हुन सकेको थिएनन्। उच्च अदालत पोखराले अभियोग दाबी नपुगेको भन्दै सफाइ दिएपछि उनी आज जेलमुक्त भएका हुन्।