काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–५ स्थित कृष्ण प्रणामी आश्रम (इस्कन)मा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको घटनामा एकजना व्यक्ति पक्राउ परेका छन्।
बालबालिकासम्बन्धी कसुरमा अनुसन्धानका लागि इस्कन सम्बद्ध सुरजकृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एचटिभी खबरलाई बताएका छन्।
प्रहरी प्रवक्ता भट्टराईका अनुसार श्रेष्ठले केही बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो। घटनाको गम्भीर छानबिन भइरहेको र घटनाको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताए।
हिन्दू धर्मको प्रचार र प्रबर्द्धनका लागि विदेशी दातृ संस्थाको सहयोगमा आश्रम सञ्चालित छ। यो संस्था विश्वका विभिन्न देशमा सञ्चालित छ।