काठमाडौं, टोखा नगरपालिकाद्वारा आयोजित “टोखा नगर खेलकुद महोत्सव २०८३” अन्तर्गत सम्पन्न टि वान पुरुष वर्गीय प्रतियोगितामा वडा नं. ३ विजेता बनेको छ।
वैशाख २७ — फाइनल खेलमा वडा नं. ३ ले वडा नं. ८ लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।
त्यस्तै, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा वडा नं. ७ ले वडा नं. ३ बी टिमलाई १–० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगिताको बिजेता टोलिलाई नगद पुरुस्कार, ट्रफी, मेडल र प्रमाणपत्र नेपाल रग्वी संघका कोषाध्यक्ष तथा नेपाल विद्यालय रग्वी आयोगको अध्यक्ष श्री दीपक अधिकारी र टोखा नगरपालिकाको शिक्षा तथा खेलकुद अधिकृत प्रकास खनालले प्रदान गरेका थिए।
प्रतियोगितामा टोखा नगरपालिका का विभिन्न वडाबाट कुल १० वटा टिमको सहभागिता रहेको थियो। खेलकुद महोत्सवले युवाहरूमा खेलप्रति उत्साह बढाउनुका साथै आपसी भाइचारा र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।