काठमाडौं, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा नहुने बताएका छन्।
बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।
गृहमन्त्री लामिछानेले पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताए। उनले दलका नेतालाई भनेर, प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न आग्रह गरे। गृहमन्त्री लामिछानेले राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने बताए।
उनले जसको कोही हुँदैनन् त्यसको सरकार हुने बताउँदै सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनामा समस्या हुने गरेको त्यस विषयमा सरकार संवेदनशील रहेको बताए।
गृहमन्त्री लामिछानेले देशमा अहिले डढेलोले दुःख दिएको बताउँदै डढेलो नियन्त्रणमा तिनै तहको सरकार मिलेर काम गर्नु पर्ने उल्लेख गरे।
नागरिकको समस्या समाधान गर्न मन्त्रालयले यसअघि नै मातहतका निकायमा निर्देशन दिइसकेको उनले बताए।