सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

HTV Khabar १० जेठ २०८१, बिहीबार १२:०६ मा प्रकाशित

काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८००  रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार  ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८६५ रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भएको थियो।