एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्य गर्न दुवै पक्षले “जमिन साटासाट” गर्नुपर्ने हुन सक्ने बताएका छन्।
बुधवार जर्मन राजधानी बर्लिनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँगको भर्चुअल बैठकमा सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन्।
पत्रकार सम्मेलनमा ट्रम्पले पुटिनलाई युद्ध रोक्न मनाउन सक्नेबारे अनिश्चितता व्यक्त गर्दै भने, “यो बाइडेनको युद्ध हो, तर म यसलाई अन्त्य गर्न चाहन्छु र सकें भने गर्व गर्नेछु।” साथै, पुटिनले सहमति नगरे खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए।
ट्रम्पको भनाइबारे युरोपेली नेताहरूले आगामी अगस्ट १५ मा हुने ट्रम्प–पुटिन भेटमा युक्रेनलाई हानि पुर्याउने कुनै सम्झौता नगर्न आग्रह गरेका छन्।
तर, जेलेन्स्कीले भूमि हस्तान्तरणको प्रस्ताव स्पष्ट रूपमा अस्वीकार गर्दै भने, “पहिले युद्धविराम हुनुपर्छ र त्यसपछि बलियो सुरक्षा ग्यारेन्टी आवश्यक छ। युक्रेनको सहमति बिना हाम्रो भूमिबारे कुनै निर्णय हुन सक्दैन।”