रुसी राष्ट्रपति पुटिन उत्तर कोरियामा, नेता किमले गरे स्वागत

HTV Khabar ६ असार २०८१, बुधवार ०९:१६ मा प्रकाशित

काठमाडौं, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन्। पुटिनलाई उत्तर कोरियाली नेता किम जोङ उनले स्वागत गरेका छन्।

मध्यरातमा प्योङयाङ पुगेका पुटिनलाई नेता किमले सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्योङयाङमा पुटिनको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडको तयारी गरिएको छ। यस्तै, किम इल सुङ स्क्वायरमा सैन्य परेडका लागि भव्य तयारी गरिएको छ।

त्यस पछि कूटनीतिक वार्ता हुनेछ। वार्तामा अर्थ तथा सैन्य सम्बन्धका विषयमा गहन छलफल र केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । यस्तै, आजै अर्थोडक्स चर्चको भ्रमण लगायतका कार्यक्रमहरु पनि रहेका छन्।


यी दुई नेताबीच पछिल्लो पटक सेप्टेम्बरमा सुदूर पूर्वी रुसमा भेट भएको थियो। तर सन् २००० पछि पुटिनको प्योङयाङको यो पहिलो भ्रमण हो।