काठमाडौं, नेपाली काङ्ग्रेस केन्द्रिय शिक्षा विभागको आयोजनामा विशेष शैक्षिक छलफल तथा कार्यशाला हुने भएको छ।
देश काल परिस्थितिअनुरुप शिक्षा निती निर्माण र यसका जल्दाबल्दा समस्याहरु माथि छलफल गरेर सरकारलाई मार्गनिर्देशन गर्न कार्यक्रम आयोजना गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय शिक्षा विभागका राजन श्रेष्ठले एचटिभी खबरलाई बताएका छन्।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा शिक्षा विभाग सभापति नैनसिंह महरको सभापतित्वमा महत्त्वपूर्ण कार्यक्रम आयोजना गरिएको पनि उनले बताए।
नेपाली काङ्ग्रेस केन्द्रीय शिक्षा विभागको आयोजनामा विशेष शैक्षिक छलफल तथा कार्यशाला कार्यक्रममा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछु।
मिति: २०८१ मंसिर १९ गते, बुधबार
समय: दिउँसो १ बजे
स्थान: नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय, सानेपा
कार्यक्रम अध्यक्षता:
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय शिक्षा विभाग प्रमुख
नैनसिंह महर
कार्यक्रम समन्वय:
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय शिक्षा विभाग प्रमुख
नैनसिंह महर
प्रमुख अतिथि:
श्रद्धेय शेरबहादुर देउवा, सभापति नेपाली काङ्ग्रेस एवम् पूर्व प्रधानमन्त्री
विशिष्ट अतिथिहरु:
• नेपाली काङ्ग्रेसका उपसभापति, महामन्त्री, सहमहामन्त्री
• कोषाध्यक्ष एवम् केन्द्रीय सदस्यहरु
अतिथि / सहभागी:
• काङ्ग्रेसका तर्फबाट रहेका पूर्व शिक्षामन्त्री
• प्रदेशका मुख्यमन्त्रीहरु
• सबै प्रदेशका काङ्ग्रेस अध्यक्षहरु
• प्रदेश र संघीय संसदीय शिक्षा समितिका माननीय सदस्यहरु
• विश्वविद्यालयका पूर्व उपकुलपतिलगायत पदाधिकारीहरु
• राष्ट्रिय योजना आयोग र प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष एवम् सदस्यहरु
• कांग्रेसका प्रदेश शिक्षा विभाग प्रमुखहरु
• भातृ र शुभेच्छुक संस्थाका अध्यक्षहरु
• प्रजातन्त्रवादी प्राध्यापक संघका पदाधिकारीहरु
• नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघका पदाधिकारीहरु
• स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरु
यस कार्यक्रमले नेपालको शैक्षिक क्षेत्रमा नवीन सोच र रणनीति तय गर्ने मार्ग प्रशस्त गर्नेछ।
तपाईंको सहभागिता महत्वपूर्ण छ।
राजन श्रेष्ठ
केन्द्रीय शिक्षा विभाग
नेपाली काङ्ग्रेस