काठमाडौं, नेपाल भलिबल संघको आयोजनामा हुने आरबिबी एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि बूढानीलकण्ठ भलिबल क्लबको टोली घोषणा भएको छ।
बुधवार बूढानीलकण्ठमा पत्रकार सम्मेलन गरी सञ्जय बुढाथोकीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको क्लबका अध्यक्ष सुबर्ण थापाले जानकारी दिए।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा चैत ३ गतेदेखि १० गतेसम्म हुँदैछ।
प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ आठ गरी २० टोलीको सहभागीता रहने छ। प्रतियोगिताको विजेतालाई ५ लाख, उपविजेतालाई २ लाख ५० हजार र तेस्रो हुनेलाई १ लाख २५ हजार रुपैयाँ प्रदान गरिने छ।
प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही ४० हजार र विधागततर्फका उत्कृष्टलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
टोलीको प्रशिक्षकमा होमसिंह कार्की, व्यवस्थापकमा मणिश्रन राई र अफिसियलमा प्रकाश शर्मा रहेकाछन्।
बूढानीलकण्ठ टोली
सञ्जय बुढाथोकी (कप्तान), समिप श्रेष्ठ, सञ्जय बस्नेत, अभिषेक थापा, सन्तोष रानामगर, दिलिप राई (लिबेरो), रोशन मगर, राजदिप तामाङ, रोशन बिक, यमन गुरुङ, सन्तोष श्रेष्ठ, विवेकध्वज कार्की