काठमाडौं, एकै पटक दुई वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले नेपालमा माउन्टेन फ्लाइट गरेका छन्। शनिवार भारतको एकप्स सिस्टम इन्डिया प्रालिका ८० कर्मचारीले २ वटा विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन्। उनीहरुले यती एयरलाइन्सको एटीआर ७२ विमान चाटर्ड गरेका थिए।।
काठमाडौंको ह्यात होटलमा तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागी हुन भारत तथा यूएईमा रहेको एकप्सको विभिन्न कार्यालयबाट आएका भारतीय नागरिकहरुले माउन्टेन फ्लाइट गरेका हुन्। उनीहरुले सगरमाथासहितका क्षेत्रको फ्लाइट गरेका थिए।