अब रुस र युक्रेनबीचको युद्ध अन्त्य हुन्छ : डोनाल्ड ट्रम्प

HTV Khabar ६ जेठ २०८२, मङ्गलबार ०९:०८ मा प्रकाशित

एजेन्सी,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल वार्ता हुने बताएका छन्। सोमवार रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको दुई घण्टा लामो फोन वार्तापछि ट्रम्पले यस्तो बताएका हुन्।

उनले पुटिनसँगको वार्ता सौहार्दपूर्ण र सकारात्मक भएको भन्दै युद्ध अन्त्यका लागि सरोकारवाला दुई पक्षकै वार्ता आवश्यक रहेकोमा जोड दिए। ट्रम्पसँगको कुराकानीमा पुटिनले भविष्यमा शान्ति स्थापना गर्नका लागि युक्रेनसँग वार्ता गर्न तयार भएको बताएका छन्।

पुटिनले वार्ताको लागि तयार भएको बताए पनि युरोपेली देश र अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्तावका बारे भने केही बोल्न चाहेनन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेको अवस्थामा सबै कुराको टुङ्गो नलगाई अमेरिका पछि हट्न नहुने कुरामा जोड दिए।