जोसेफ एजुकेसनल नेटवर्क अन्तर्गत कलेज र स्कुलमा खेलकुद सप्ताह शुरु

सबिन पन्त 'पृथक' २५ माघ २०८१, शुक्रबार ०७:२३ मा प्रकाशित

काठमाडौं, जोसेफ एजुकेसनल नेटवर्क अन्तर्गत जोसेफ कलेज, ईन्टरनेशल जोसेफ पब्लिक स्कुल र जोसेफ हाईस्कुलमा खेलकुद सप्ताह शुरु भएको छ। 

जोसेफ कलेजको खेलकुद सप्ताह -२०८१ को जोसेफ एडुकेशनल नेटवर्कका संस्थापक प्राचार्य सूर्यबहादुर अधिकारीको सभापतित्वमा एचटिभि खबरका प्रधान सम्पादक सबिन पन्त 'पृथक' तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारीको बिशेष आतिथ्यतामा जोसेफ कलेजको प्राङणमा उद्घाटन गरिएको हो।

माघ ३० गतेसम्म आयोजना हुने खेलकुद प्रतियोगीतामा जोसेफ कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत ४०० जना विद्यार्थीहरु सहभागी हुनेछन।

त्यस्तै ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल र जोसेफ हाईस्कुलको खेलकुद सप्ताहको जोसेफ एड्केशनल नेटवर्कका संस्थापक प्राचार्य सूर्यबहादुर अधिकारी सभापतित्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं. १० का अध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता र शान्तिनगर ऊपभोक्ता समितिका अध्यक्ष बुद्धि गम्भिर थापाको आतिथ्यता र तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारी र दीपक अधिकारीको सहभागीतामा समुद्घाटन गरिएको हो।