काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालको पहिलो क्याबिनेट अफिसर्स ईन्स्टालेसन तथा क्याबिनेट बैठक भव्यताका साथ ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता तथा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालका गभर्नर चण्डीप्रसाद अर्यालको सभापतित्वमा बत्तीस पुतलीस्थित अनुपम फुडल्याण्डमा करिब एकहजार लायन सदस्यको सहभागितामा अत्यन्तै भव्यताका साथ कार्यक्रम सम्पन्न भएको हो।
क्याबिनेट सेक्रेटरी शिवराज आचार्यले उत्कृष्ट रूपमा सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय डाईरेक्टर बुर्लकोटीले वर्ष २०२४/२५ का गभर्नर अर्यालद्वारा क्याबिनेट अफिसरमा मनोनीत लायन लिडरहरुलाई पदस्थापन गराएका थिए।
पदस्थापन गराए पश्चात् कार्यक्रममा बोल्दै बुर्लाकोटीले मल्टिपलमा सर्वोत्कृष्ट कार्यहरू सम्पन्न गरेर तेस्रो डिष्ट्रिक्ट बन्नु सफल भएकोमा निवर्तमान गभर्नर भिमलाल पौड्याललाई बधाई दिदै यो वर्ष अझै सर्वोत्कृष्ट हुन गभर्नर अर्याललाई शुभकामना दिएका थिए।
कार्यक्रममा निवर्तमान गभर्नर भिमलाल पौड्याल, पुर्व लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर संजय खेतान, एलसीआईएफ एरिया लिडर राजन लम्साल, मल्टिपल डिष्ट्रिक्ट प्रोटोकल चेयरपर्सन गिरीधारी शर्मा, मल्टिपल डिष्ट्रिक्ट गभरमेन्ट एण्ड अदर एजेन्सी कोर्डिनेटर तथा पोखरा महानगरपालिकाको प्रमुख धनराज आचार्य, पूर्व गभर्नर महेन्द्र पौडेल, बि १ का पूर्व गभर्नर विश्व आचार्य, ए१ का पूर्व गभर्नर खगेन्द्र सिटौला, अन्य डिष्ट्रिक्टका गभर्नरहरु, प्रथम र द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नरहरु, पूर्व गभर्नरहरु लगायत लायन लिडरहरुको उपस्थिति रहेको थियो।
चिफ काउन्सिलर यमुना भण्डारीले संयोजन गरेको कार्यक्रममा विभिन्न सहयोगी व्यवसायीक संघ/ संस्थाहरुद्वारा सहभागी लायन लिडर तथा सदस्यहरुका फरकफरक किसिमका पुरस्कारहरु वितरण गरिएको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन वेलकम ईन्टरनेशनल, रोयल सुज, पोखरा र सौराहाका रिसोर्ट, पौवा होटल सिन्धुली लगायतले केही पुरस्कारहरु प्रायोजन गरेका थिए।उपहार चिठ्ठाहरु कार्यक्रमको बिचबिचमा सहभागीहरु समक्ष प्रत्यक्ष खोली उपहार प्रदान गरिएको थियो।
सहभागी लायन्स क्लब अफ काठमाडौं टि कपनका संस्थापक अध्यक्ष तथा लायन्स ब्राण्डिङ हेड सविन पन्त 'पृथक' लाई ग्लोबल सर्विस ट्राभलले प्रायोजन गरेको लायन्स क्लब ईन्टरनेशनलको आगामी वर्ष मेक्सिकोमा हुने १०७ औं कन्भेन्सनमा सहभागी हुन, २५०० डलर भन्दा बढीको चिठ्ठा उपहारमा परेको थियो भने लायन्स क्लब अफ पोखरा रानीवनकि एलिमा थापाले २००० डलर बराबरको मेक्सिकोमा नै ८ रात ९ दिनको प्याकेज जितेकी थिइन्।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले आफ्नो 'टुगेदर वी क्यान' को नारासहितको कार्यकाललाई सफल बनाउन अभिभावकको कर्तव्य निर्भाह गर्नुपर्ने लिडरहरु निवर्तमान गभर्नर भिमलाल पौड्याल, पूर्व गभर्नर महेन्द्र पौडेल, पूर्व गभर्नर धनराज आचार्य, पिएमसीसी गिरधारी शर्मा र क्याबिनेट बैठक होस्ट गर्ने लायन्स क्लव अफ काठमाडौ रेसुङ्गाकि कार्यक्रम संयोजक यमुना भण्डारीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए।
त्यस्तै आफ्नो 'टुगेदर वी क्यान' को नारासहित कार्यकाललाई सफल बनाउन डिष्ट्रिक्टमा क्याबिनेटमा रहेर विभिन्न विभागको नेतृत्व गरि शुरूवातदेखि नै महत्त्वपूर्ण योगदान गर्ने पदाधिकारीलाई मेडल तथा पिनद्वारा सम्मान गरेका थिए।
कार्यक्रममा आयोजक क्लब रेसुंगाको तर्फबाट सबैभन्दा धेरै रजिस्ट्रेशन गर्ने क्लव, सबैभन्दा पहिला रजिष्ट्रेसन गर्ने क्लव लगायत सहयोगी क्लबहरु र लिडरलाई मायाको चिनो प्रदान गरिएको थियो। केही मायाको चिनो सेक्रेटरियट एडभाईजर हरिचन्द्र तिवारीले प्रायोजन गरेका थिए।
नेपाली चलचित्रका जीवन्त अभिनय क्षमताका चर्चित नायक सरोज खनालले आफु,विश्वकै एकमात्र विशाल मानवीय सेवाको संस्था लायन्स ईन्टरनेशनलको सदस्य बन्न पाएकोमा खुशी व्यक्त गरे। साथै उनले नेपाली लायन्सका धरोहर तथा पोखरा महानगरका प्रमुख धनराज आचार्यको सामिप्यता तथा हौसलाबाट यस पवित्र संस्थाको सदस्य बनेको बताउँदै क्याविनेट बैठकमा कि-नोट स्पिकरको जिम्मेवारी पाउँदा खुशी व्यक्त गरेका थिए।
खोजमूलक, अनुसन्धात्मक सिर्जनात्मक क्षमताका धनी गभर्नरले सबैभन्दा उल्लेखनीय नयाँ कार्यको थालनी गरेका छन्। लायन्स क्लबको हरेक कार्यक्रममा लिडरहरुलाई मन्चासिन गराएर सम्बोधन गर्दागर्दा कार्यक्रम लामो, पट्यार लाग्दो हुने र खादा मालामा अत्यधिक खर्च हुनेगरेकोमा त्यो प्रथालाई हटाएका छन्। डिजिटल डिष्ट्रिक्टको रूपमा स्थापित बनाउने गभर्नर अर्यालको सपना चरितार्थ हुँदै गएको हुँदा 'टुगेदर वी क्यान' को नाराले पूर्णता पाउने विश्वास लिएको गभर्नर अर्यालले एचटिभी खबरलाई बताए।