काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.--१० मा सञ्चालित नगर अस्पतालमा स्वीकृत अस्थायी दरबन्दीमा विभिन्न १२ वटा प्राविधिक पदमा रोजगारीको अवसर खुलेको छ।
नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम अर्यालले हस्ताक्षर गरेर प्रेषित सूचना अनुसार मेडिकल अफिसर आठौं तहदेखि तहविहिन स्विपर र ड्राइभरसमेत गरि ३० जनाको लागि करारमा नियुक्ति हुनेगरि दरखास्त आह्वान गरिएको छ।
