आज सुनचाँदीको मूल्य कति ?

HTV Khabar ४ जेठ २०८०, बिहीबार ०५:५७ मा प्रकाशित

विहिवार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ। आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ८ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँ तोलामा स्थिर छ।

बुधवार छापावाल सुन एक लाख १० हजार र तेजाबी सुन एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।