म्यानमारको भूकम्प : अझै घाइतेको उपचारमै छन् डा.गोविन्द केसी

HTV Khabar १६ वैशाख २०८२, मङ्गलबार ०८:३० मा प्रकाशित

काठमाडौं,  चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसी यतिबेला भूकम्प प्रभावित म्यानमारको माण्डले शहरमा छन्। वितग दुई सातादेखि डा.केसीले माण्डले अर्थोपेडिक अस्पताल र माण्डले जनरल अस्पतालमा सेवा दिइरहेका छन्।

२०२५ मार्च २८ मा म्यानमारमा ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो। यो भूकम्पले सागाइन र माण्डले प्रदेशका साथै म्यानमारको राजधानी नेपितोमा ठूलो क्षति पुर्‍याएको छ। हाडजोर्नी विशेषज्ञ डा.केसी मानवीय सहयोगका लागि भूकम्प प्रभावित क्षेत्रमा पुगेको उनका सहयोगीले जानकारी दिएका छन्।

यो म्यानमारको दोस्रो ठूलो शहर हो। म्यानमार सरकारले सार्वजनिक गरेको विववरणअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या करिब चार हजार छ। अझै धेरै व्यक्तिहरू हराइरहेको विभिन्न संघ, संस्थाहरूले रिपोर्ट निकालिरहेका छन्।