कपनमा नेपालकै पहिलो राष्ट्रिय स्ट्रङ्गमेन तथा स्ट्रङ्गवुमेन स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता सम्पन्न

सबिन पन्त 'पृथक' ४ चैत्र २०८०, आइतबार ०४:०३ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-१० कपनमा नेपालकै पहिलो राष्ट्रिय स्ट्रङ्गमेन तथा स्ट्रङ्गवुमेन स्ट्रेन्थलिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेस तियोगिता सम्पन्न भएको छ। 

बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा चैत्र २ र ३ गते बालुवाखानीस्थित फेरिल्याण्ड स्कुलको प्राङ्गणमा आयोजित प्रतियोगितामा देशभरका १०५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। 

उक्त खेलको विभिन्न समूह अन्तर्गत भएको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्ने ५७ जनाले जनही ५०००/- , द्वितीय स्थान हासिल गर्ने ४५ जनाले जनही ३०००/- र  तृतीय स्थान हासिल गर्ने ३० जनाले जनही २०००/- पुरस्कार प्राप्त गरेकाछन्।

त्यस्तै विनर मास्टर मेन दुईजना, विनर मेन दुई जना र विनर वुमेन दुईजनाले जनही २५०००/- रुपैयाँ पुरस्कार प्राप्त गर्ने सफल  भएको काठमाडौं स्ट्रेन्थलिफ्टिङ संघका सचीव मानबहादुर पहरीले एचटिभी खबरलाई जानकारी दिएकाछन्।