तिलगंगा आँखा अस्पतालको सहयोग र किवानिज क्लब अफ काठमाडौं सनसाईनको आयोजनामा नि:शुल्क आँखा सिविर

सबिन पन्त 'पृथक' ४ चैत्र २०८०, आइतबार ०५:२२ मा प्रकाशित

काठमाडौं, तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा किवानिज क्लब अफ काठमाडौं सनसाईनले किवानिज क्लब अफ साँखु र स्वच्छ महिला समूहको सहकार्यमा एकदिने नि:शुल्क आँखा सिविर सञ्चालन भएको छ।

शंखरापुर नगरपालिका वडा नं.-७ को विशेष सहयोगमा आयोजना गरि साँखुकाे घुल्ला टोलमा भएको सिविरमा २४० जनाको नि:शुल्क रूपमा ब्लड प्रेसर, मधुमेह र आँखाको रेटिना एवं मोतिबिन्दु जाँच गरि औषधि र १३० जनालाई चस्मा वितरण गरिएको थियो।

धुल्ला टोल माई सतलमा सञ्चालन भएको सिविरमा आँखा जाँच गराउन आएका एक जेष्ठ नागरिकले आफ्नो घर आँगनमा आएर यसरी सेवा दिएकोमा खुशी हुँदै किवानिज क्लबलाई धन्यवाद दिएका थिए। 

सिविरमा इलेक्ट डिष्ट्रिक्ट गभर्नर कृष्ण प्रसाद ज्ञवाली, केसिएफएन निवर्तमान सचीव शिवराम फुयाल, डिभिजन ३ नर्थ वेस्टकि रिजन कोर्डिनेटर नम्रता गुरुङ, डिभिजन ३ नर्थबाट इलेक्ट लेफ्टिनेन्ट गभर्नर प्रमिला लामिछाने, किवानिज क्लब अफ काठमाडौं सनसाईनकि अध्यक्ष दीपा शाही, किवानिज क्लब अफ साँखुका अध्यक्षकुमार खतिवडा, क्लबका सदस्यहरु सुदेश डङ्गोल महर्जन, विजय महर्जन, हेमराज लुइँटेल, नमिता गुरुङ, रेजिना आचार्य, देवेन शाही र किवानिज क्लब अफ साँखुका संस्थापक अध्यक्ष रामेश्वर ढकाल, अमृत प्रधान, सुमन लामा, महेश पौडेल तथा किवानिज क्लब अफ स्टोरी नेपालका संस्थापक सचीव सबिन पन्त 'पृथक' को उपस्थिति रहेकोे थियो। 


त्यस्तै स्थानीय जन प्रतिनिधि शंखरापुर नगरपालिका वडा नं.-७ का सदस्य अर्चेन देव शाही, शंखरापुर नगरपालिका वडा नं.- ६ का सदस्य ज्ञानरत्न मानन्धर, , प्रहरी प्रभाग साँखुका ईन्चार्ज प्रनानी निरेन श्रेष्ठ, तिलगंगा आँखा अस्पतालका जीतबहादुर ठकुरी, स्वच्छ महिला समूहकी अध्यक्ष लक्ष्मिश्वरी श्रेष्ठ, अन्य पदाधिकारी सदस्यहरु उपस्थिति रहेको थियो। 

राष्ट्रिय सभा उपाध्यक्ष इन्दिरा राना मगर सिविरमा उपस्थित भएर सेवा भावले जोडिएका सबैको हौसला बढाएकी थिइन्।