अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

HTV Khabar १९ पौष २०८०, बुधवार ०७:३९ मा प्रकाशित
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ।

भ्रष्टाचार मुद्दाका प्रतिवादीहरू सुरेन्द्र खड्का, जीवन आचार्य, भीमबहादुर कुँवर, हिमालयजीवी उपाध्याय र काशीराम शर्मालाई विशेष अदालतले सफाइ दिएपछि चित्त नबुझी बुधवार सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता गरिएका आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूविरुद्ध कम राजश्व निर्धारण गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो। तर विशेषले गत साउन २४ गते उनीहरूलाई सफाइ दिएको थियो। सोही फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ।