१४३ जना चिकित्सकको नाम मेडिकल काउन्सिलले हटायो

HTV Khabar १३ फाल्गुन २०७९, शनिबार ०१:४१ मा प्रकाशित

काठमाडौं, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका १४३ जना चिकित्सकको नाम हटाइएको छ। काउन्सिलले नेपालमा दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली दर्ता गर्ने तथा दिवंगत भएकाहरुलाई सदस्यबाट नाम हटाउने उद्धेश्यले चिकित्सकको तथ्यांक अद्यावधिक गरिरहेको छ।

जसमा हालसम्म १४२ जनाको चिकित्सकको मृत्यु भइसकेको र एक जनाले गलत कागजात पेश गरेको प्रमाणित भएको छ। काउन्सिलले नाम हटाइएका चिकित्सकहरुको विवरण आफ्नो वेवसाइटमा नाम प्रकाशित समेत गरेको छ। काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले अध्यावधिक प्रक्रिया निरन्तर चल्दै जाने जानकारी दिए।

काउन्सिलको पछिल्लो तथ्यांक अनुसार स्नातक तह (एमबीबीएस र बीडीएस) का चिकित्सकहरुको संख्या ३२ हजार २१८ पुगेको छ। स्नातकोत्तर तह पुरा गरेका (विशेषज्ञ चिकित्सक) हरुको संख्या १० हजार ८० रहेको छ। मेडिकल काउन्सिल ऐनको दफा १३ अनुसार दर्ता किताब दुरुस्त राखी समय-समयमा नाम दर्ता भएका चिकित्सकको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्नुपर्ने हुन्छ। साथै निधन भएकाहरुको सदस्यताबाट नाम हटाउने र कुनै दर्तावाल चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा रजिष्ट्रारलाई एक महिनाभित्र सूचना गर्नुपर्ने व्यवस्था ऐनमा छ।

काउन्सिलले नेपालका मेडिकल कलेज, चिकित्सा विज्ञान प्रतिष्ठान र निजी अस्पतालमा काम गर्ने विदेशी नागरिकता भएका चिकित्सकहरु ३१८ जनाको दर्ता कायम भएको जनाएको छ। नेपालमा काम गर्न विदेशी चिकित्सकले काउन्सिलमा दर्ता हुनैपर्ने प्रावधान छ। नत्र गैरकानुनी रुपमा काम गरेको ठहरिने छ।

यस्तै, काउन्सिलको अनुसार सन् २०२२ मा व्यवसायिक आचारसंहिता सम्वन्धी ६६ वटा उजुरी परेकोमा २० वटाको निर्णय भएको छ। बाँकी ४६ वटा प्रक्रियामा छन्। निर्णय भएका २० वटा उजुरीमध्ये ५ वटामा कारवाही गरिरहनु नपर्ने देखिएको छ। यस्तै ३ वटामा चिकित्सकलाई सचेत गराइएको छ। ४ वटामा अस्पताललाई निर्देशन दिइएको छ। ६ वटा केशमा थप कारवाही गर्नुपर्ने देखिएको छ।