- गृहपृष्ठ
- भोलि टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गर्दै नेपाल प्रहरी
भोलि टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गर्दै नेपाल प्रहरी
HTV Khabar
६ कार्तिक २०८०, सोमबार ०४:५८ मा प्रकाशित
काठमाडौं, नेपाल प्रहरीले भोलि मङ्गलवार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ।
दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ।
दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन्।
टीकाको दिन सशस्त्रले पनि नि:शुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ।
