काठमाडौं, गोकर्णेश्वर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं २ को बाल सुधार विद्यालयमा मंसिर २७ देखि विभिन्न विधामा आयोजना भएको खेलकुद कार्यक्रम समापन हो।
प्रतितिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको सभापतित्वमा भएको कार्यक्रममा पूर्व माननीय कृष्ण राई, नगर उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा युवा तथा खेलकुद विभागका प्रमुख दण्डपाणी शर्मा, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, युवा तथा खेलकुद समितिका सभापति सन्जय लामा, स्वास्थ्य शाखा प्रमुख, खेलकुद विभागका सदस्यहरुको उपस्थिति रहेको थियो।
युवा तथा खेलकुद उपशाखाका प्रमुख राम नारायण शाहले कार्यक्रम संचालन गरेको कार्यक्रममा विजयी खेलाडी समूहलाई नगर प्रमुख रिसाल तथा प्रमुख अतिथि चालिसेले ट्र्फि प्रदान गरेका थिए।