नाबालिकालाइ यौन धन्दामा लगाउने सपना पक्राउ

HTV Khabar १८ मंगशिर २०८०, सोमबार ०७:४४ मा प्रकाशित
काठमाडौं, गाउँका साेझासाझा नावालिकालाई आकर्षक जागिर लगाइदिने भन्दै काठमाडौं ल्याएर हाेटलहरूमा याैन धन्धामा लगाउने २५ वर्षिय सपनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


उनले नयाँ बसपार्क तथा कलंकी क्षेत्रका होटल र गेस्ट हाउसहरूमा नाबालिकाहरूलाई यौनधन्दामा लगाउने गरेको प्रहरीले जनाएको छ।

तनहुँ भिमाद नगरपालिका-२ घर भई नयाँ बसपार्कमा पश्चिम लुम्बिनी गेस्ट हाउसकी चलाउदै आएकी तामाङ्गको होटल बाट दुई र कलंकीबाट एक गरी तिन जना नाबालिकाको प्रहरीले उद्दार गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्युरोको टोलीले उनलाई नयाँ बसपार्क क्षेत्रबाटै पक्राउ गरेको हो।


सपनाले आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका बालिकाहरूलाई आकर्षण लोभ देखाएर काठमाडौं ल्याउने गरेको खुलेको छ।


बालिकाहरूलाई काठमाडौंमा धागो कात्ने, बच्चा हेर्ने र सरसफाइको काममा लगाइदिने भन्दै ल्याउने गरेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्युरोका प्रबक्ता कृष्ण प्रसाद पंगेनीले बताए।


प्रबक्ता पंगेनीका अनुसार सपनाले त्यसरी बोलाइएका नाबालिकाहरूलाई बसपार्क र कलंकीस्थित विभिन्न होटल तथा गेस्ट हाउसहरूमा राख्ने गरेको खुलेको छ।


बालिकाहरूलाई विगत १० महिनादेखि विभिन्न डर-त्रास देखाएर जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको पनि पंगेनीले बताए।