काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
मङ्गलवार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ। भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ।
