मौलाकाली केबलकार शनिवारबाहेक अन्य दिन दिउँसो २ बजेसम्म मात्रै सञ्चालन हुने

HTV Khabar ८ फाल्गुन २०८०, मङ्गलबार ०१:०८ मा प्रकाशित

काठमाडौं, आजदेखि मौलाकाली केबलकारको सञ्चालन समय छोट्याइएको छ। नियमित मर्मत सम्भार गर्न फागुन १६ गतेसम्मका लागि सञ्चालन समय घटाइएको मौलाकाली केबलकार लिमिटेडले जनाएको छ।


केबलकार लिमिटेडले सूचना जारी गर्दै फागुन ८ गतेदेखि फागुन १६ गतेसम्म बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्ममात्रै सञ्चालन हुने जनाएको हो।

यद्यपि, शनिवारको दिन भने पूर्ववत तालिका अनुसार नै केबलकार सञ्चालन हुने सूचनामा उल्लेख छ। सो दिन बिहान ५:३० बजेदेखि साँझ ६ बजेसम्म नै केबलकार चल्ने छ।