काठमाडौं, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाका विषयमा जनमत संग्रह गर्न चुनौती दिएका छन्।
शनिवार ललितपुरको लगनखेलमा आयोजित सभामा उनले कार्यकारी प्रधानमन्त्री, हिन्दुराष्ट्र, प्रदेश खारेज र राजसंस्थाका विषयमा जनमतसंग्रह गर्न चुनौती दिएका हुन्।
उनले मुलुकमा स्थायी रूपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको बताए। गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको उनको दाबी छ। साथै प्रसाईंले आफूलाई विभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको बताए।