काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ।
आयोगको सिफारिसमाथि मंगलबार केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ। बैठकले अनुशासन आयोगको सिफारिसलाई अनुमोदन गरे उनी पार्टीबाट निष्कासित हुने छन्।
यसअघि असार १९ गते बसेको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै मुखमा काटो टेप लगाएर बैठकमा बसेका उनलाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो।
पार्टीविरुद्ध गतिविधि गरेको र बैठकमा अराजकरुपमा प्रस्तुत भएको भन्दै केन्द्रीय समितिले उनलाई निलम्बन गरेको थियो।