५ जिल्लाका सीडीओ फेरिए, काठमाडौंमा जयनारायण आचार्य

HTV Khabar २६ भाद्र २०८१, बुधवार ०९:५८ मा प्रकाशित

काठमाडौं,  गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ।

काठमाडौंमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन्। आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए।

सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयका सह सचिव छवि रिजालले बताए। अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन्।