शेख हसिना भागेपछि बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाको घोषणा

HTV Khabar २१ श्रावण २०८१, सोमबार ०४:१५ मा प्रकाशित

काठमाडौं, बंगलादेशका सेनापति वाकर उज-जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन्। 

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन्। हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन्।

गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन् ।