विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुखमा भट्ट

HTV Khabar ४ चैत्र २०८१, मङ्गलबार ०९:१७ मा प्रकाशित

काठमाडौं, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त भएका छन्।

सोमवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैतडीका भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो।