सुनचाँदीको मूल्य बढ्यो ! कतिमा हुँदैछ कारोबार ?

HTV Khabar २४ असार २०८०, आइतबार ०५:४० मा प्रकाशित

काठमाडौं, साताको पहिलो कारोबार दिन आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। उक्त दिन प्रतितोला छापावाल सुन  १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

गत शुक्रवार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।