काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्। वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताएका थिए। अध्यक्ष ओलीले भने, ‘वामदेव कमरेडले उठाउनुभएको कुरा छलफल गर्ने थलो यो होइन।
पछि हामी त्यसबारेमा छलफल गर्न सक्छौँ। वामदेवजीको एकताको भावना त्यो सकारात्मक छ। महाअभियान सफल होस्। शुभकामना।’
अध्यक्ष गौतमले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए।