काठमाडौं, प्रहरीले अमेरिकामा हत्या गरिएको नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर सार्वजनिक गरेको छ।
नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन्। सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन्।
होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया पाण्डेको आफ्नै घरमा हत्या गरिएको थियो। फुटेजमा देखिएको ती व्यक्ति मुनाका प्रेमी भने नरहेको बताइएको छ। प्रहरीले अभियुक्त पहिचानका लागि चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न आग्रह गरेको छ। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।