बूढानीलकण्ठ -१२ को बालकुमारी विद्यालयमा जागिरको अवसर

HTV Khabar ४ पौष २०८०, बुधवार ११:०७ मा प्रकाशित
काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा अवस्थित बालकुमारी माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकको लागि जागिरको अवसर खुलेको छ।


वडा नं १२ को एक मात्र सामुदायिक विद्यालय बालकुमारी मावीमा संघीय अनुदान अन्तर्गत माध्यमिक तहको शिक्षकको लागि आवेदन खुल्ला गरिएको हो।


विद्यालयले जारी गरेको सूचनाका अनुसार मूल विषय अंग्रेजी लिएर स्नातक गरेका योग्य व्यक्तिहरुले आवेदन दिन सक्नेछन्।