काठमाडौं, "उत्साह, एकता र शक्ति, खेलकुदमा हाम्रो अद्वितियता" भन्ने नाराका साथ बूढानीलकण्ठमा चौथो मेयरकप फूटसल प्रतियोगिता - २०८१ आयोजना हुने भएको छ। उक्त कुरा आज आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा जानकारी दिईएको हो।
स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि उनीहरुलाई प्रोत्साहित गर्दै भाईचारा र एकताको भावना बढाउने उदेश्यसहित बूढानीलकण्ठ नगरपालिका युवा परिषद्को आयोजनामा माघ २४ र २५ गते वडा नं.-१३ स्थित रिभरसाईड स्पोर्ट्स सेन्टरमा आयोजना हुने नगरका प्रवक्ता नवराज भट्टराईले एचटिभी खबरलाई बताए।
उक्त खेलस्थानमा उपस्थित भएर खेलाडीको हौसला बढाउन नगरपालिकाले सम्पूर्ण खेलप्रेमी नगरबासीहरुलाई अनुरोध गरेको छ।
प्रतियोगितामा रहेको पुरस्कार
- प्रथम - ७०,००० नगद, शिल्ड, मेडल र प्रमाणपत्र।
- द्वितीय - ३५,००० नगद, शिल्ड, मेडल र प्रमाणपत्र।
- उत्कृष्ट गोल रक्षक आकर्षक पुरस्कार
- उत्कृष्ट खेलाडी आकर्षक पुरस्कार ।
प्रतियोगितामा भागलिन युवा परिषद्को सम्पर्क नं.- ९८५१००२१८ रहेको छ।