रसुवामा भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो

HTV Khabar २५ असार २०८२, मङ्गलबार ०८:४१ मा प्रकाशित

काठमाडौं, रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।

उक्त बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरूसमेत बगाएर लगेको पुष्टि भएको छ। मानविय क्षतिसमेत भएको आशंका गरिएको छ। तर कति क्षति भयो भन्ने तथ्यांक आएको छैन्।

त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदी थुनिँदा डुबानमा परेको अवस्था छ। यस प्राकृतिक विपत्तिले ठूलो मात्रामा धनजनको क्षति भएको आशंका गरिएको छ।