आईसीसी लिग-२ मा आज नामिबियासँग खेल्दै नेपाल, सुखद् शुरूआत गर्ने लक्ष्य

HTV Khabar ३ फाल्गुन २०८०, बिहीबार ०८:२७ मा प्रकाशित

काठमाडौं, आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले नामिबियाविरुद्ध खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा हुने दुई देशबीचको खेल बिहान सवा ९ बजेबाट शुरू हुनेछ।


शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुने छन्। नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । त्यसैले नेपालको मनोबल उच्च छ।


घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलामा नेपाल जितसहित सुखद् शुरूआत गर्ने लक्ष्यमा छ। २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रियाअन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो।

यस्तो छ नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ