काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिवार मध्यरातिदेखि पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो।
निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।