काठमाडौं केयूकेएल सीइओ पदका लागि ८ जनाको नाम सर्टलिस्टमा

HTV Khabar २० मंगशिर २०८०, बुधवार ०२:४३ मा प्रकाशित
काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा आवेदन दिनेमध्ये ८ जनाको नाम सर्टलिस्टको लागि छनोट गरिएको छ।


शैक्षिक योग्यता र अनुभवसँग सम्बन्धित कागजातहरुका आधारमा गरिएको मूल्यांकनमा ४० प्रतिशत भन्दा बढी अंक पाउने उम्मेदवारहरुमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने ७ जना को नाम छनोट गरिएको कम्पनीले जनाएको छ।


सातौँ स्थानका लागि बराबर अंक प्राप्त गर्ने उम्मेदवारसहित ७ जनाको नाम सर्टलिस्टमा राखिएको छ।सर्टलिस्टमा पर्नेहरुमा अर्जुनबाबु ढकाल, अशोककुमार पौडेल, उमेशबाबु मरहट्टा, डोलप्रसाद चापागाई, दीपेन्द्रकुमार देव, प्रकाशकुमार राई, रमेश केसी र राजेन्द्र श्रेष्ठ छन्।


रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुल्ला प्रतिस्पर्धाका आधारमा छनोट गरी पूर्ति गर्नका लागि कम्पनीले असोज २३ गते सूचना प्रकाशित गरेको थियो।