दुबईबाट भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सातजना पक्राउ

HTV Khabar १९ चैत्र २०८१, बुधवार ०९:३१ मा प्रकाशित

काठमाडौं,  दुबईबाट भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका -९ गौशला बत्तीसपुतलीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महोत्तरी बलवा नगरपालिका-१२ का २८ वर्षीय राकेश गिरी, पाल्पाको रम्भा गाउँपालिका-१ का ४१ वर्षीय ताराबहादुर रेस्मी मगर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ की ३५ वर्षीय कमला फियाक, मकवानपुर राक्सिराङ गाउँपालिका-९ घर भई हाल काठमाडौं सीतापाइला बस्ने २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी रहेका छन्।

यसैगरी, मकवानपुरको राक्सिराङ गाउँपालिका-९ घर भई सीतापाइला बस्ने चित्रबहादुरको छोरा २४ वर्षीय हुकुमबहादुर मल्ल, उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी र मोरङको विराटनगर महानगरपालिका -१५ घर भई हाल काठमाडौं कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका छन्।

उनीहरूको साथबाट डेल कम्पनीको ल्यापटप ७२ थान, आईफोन प्रोम्याक्स १६ एक थान र आईफोन प्रोम्याक्स १३ चार थान बरामद भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यीमध्ये कोही दुबईबाट सामान ल्याउने, कोही नेपालमा रिसिभ गर्ने र दुबईबाट सामान मगाई पसल सञ्चालन समेत छन्। उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।