काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोचक जित निकालेको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा १२९ रनको लक्ष्य पाएको लुम्बिनी कर्णालीसँग ५ रनले पराजित भएको हो। कर्णाली याक्सले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा १२३ रन मात्रै जोड्न सक्यो।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे। उनले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका हुन्।
त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र १ छक्काको सहयोगमा २५ रन बनाए। ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे।
त्यसैगरी अर्का ओपनर देव खनाल ३ रनमा आउट भए। चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा ८ रनमा आउट भए। कप्तान सोमपाल कामीले ७ रन जोडे। आजको जितले कर्णाली प्लेअफको नजिक पुगेको छ।