बालेनले फेर्न लगाए महानगरको प्रमुख प्रशासकीय अधिकृत, अधिकारीको ठाउँमा आए परियार

HTV Khabar ७ माघ २०८०, आइतबार ०५:२८ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नरुचाएपछि प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। आफूले गरेको निर्णयमा फेरबदल गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको सरुवा गराएका छन्।


सरकारले अधिकारीको ठाउँमा प्रदीप परियारलाई सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई मधेशी आयोगमा सरुवा गर्ने निर्णय गरेको छ। सरकारले परियार र अधिकारीसहित २९ सहसचिवको सरुवा गरेको हो।


आफूले गरेको निर्णयमा फेरबदल गरेको भन्दै बालेनले अधिकारीलाई २ सातादेखि बिदामा बस्न लगाई उनले प्रयोग गर्ने गाडी खोसेका थिए। उनले अधिकारीको कार्यकक्षमा ताला लगाउन लगाएका थिए। यो प्रकरणमा महानगरका केही कर्मचारीलाई बालेनले निलम्बन समेत गरेका छन्।