काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय
डिष्ट्रिक्ट ३२५ 'एम'को पोखरामा आयोजित एक कार्यक्रममा फर्स्ट भिडिजी रहेका चण्डीप्रसाद अर्यालले लायन वर्ष २०२४/२५ को गभर्नर पदको लागि प्रतिबद्धतासहित उम्मेद्वारी प्रस्तुत गरेकाछन्।
अर्यालको भनाई जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।
सर्बप्रथम लायन्स सदस्य भएको आजकै दिनमा १९ वर्ष पुरा भई २० वर्षमा पाइला टेक्दाका दिनमा ३२५ एम नेपाल जस्तो सर्बपक्षले भरिपूर्ण भएको डिष्ट्रिक्टको लायन वर्ष २०२४।२५ को लागी डिष्ट्रिक्ट गभर्नर जस्तो गरिमामय पदमा आज उम्मेदवारी दर्ता गराइरहँदा मेरो होम क्लव लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउन परिवार, नेतृत्वमा अभिप्रेरित गर्नुहुने अभिभावक धनराज आचार्यज्यु लगायत सिंगो ३२५ एम नेपाल परिवार जसले आज यो वातावरण सृजना गरिदिनु भएको छ, सबैप्रति हृदय देखि नै हार्दिक आभार र कृतज्ञता अर्पण गर्दछु।
लायन वर्ष २००५ मार्च २२ देखि आजका दिनसम्म अनवरत रुपमा क्लव र डिष्ट्रिक्ट तहमा विभिन्न पदमा रहँदा, नेपाल सरकारको जिम्मेवारीमा लामो समय सम्म रहँदा, व्यवसायिक फोरमहरु प्रत्यक्ष तथा अप्रत्यक्ष सँलग्नता तथा विभिन्न राष्ट्रियस्तरका व्यवसायिक र सामाजिक सञ्जालहरुमा रहँदाको अनुभव एवम् मल्टिपल ३२५ को डिजि इलेक्ट ट्रेनिङ तथा लायन्स अन्तर्राष्ट्रियको आयोजनामा अमेरिकाको सिकागोमा सम्पन्न संसारभरका डिष्ट्रिक्ट गभर्नर इलेक्टहरुको ट्रेनिङमा दिक्षित भएका विषयवस्तुहरुलाई समेत मुख्य श्रोत र शक्तिको रुपमा लिई यी सबैको उच्चतम प्रयोग गरी यो डिष्ट्रिक्टमा रहनुभएका हाम्रा गभर्नर तथा पुर्व गभर्नरज्युहरुले आर्जन गर्नुभएको साखलाई थप मजबुद बनाउँदै विभिन्न कारण र परिस्थितिले पुरा हुन नसकेका वहाँहरुको सपनालाई पुरा गर्दै लायन्स अन्तर्राष्ट्रियले परिस्कृत समयमा तय गरेको पछिल्लो मिसन, ३२५ एम नेपालका १३६ वटा क्लवहरुका ३२९६ जना सदस्यहरुको भावनाको कदर गर्दै समाजको चाहाना बमोजिम लायन वर्ष २०२४।२५ लाई एक उत्कृष्ट डिष्ट्रिक्मा रुपान्तरण गर्ने प्रतिवद्धता प्रकट गर्दछु।
१. ३२५ वी १ नेपालको रिडिष्ट्रिक्टिङको लगत्तै चुम्लिङटारमा बसेको ३२५ एम नेपालको एक विशेष वैठकद्वारा निर्देष गरिएको रोडम्यापलाई योजनाको आधारशिला बनाई त्यसको मर्मअनुरुप कार्य गरिनेछ।
२.डिजिटल डिष्ट्रिक्टको अवधारणा अनुरुप इन्फर्मेटिभ वेभसाइट, मोवाइल एप्स, इ म्यागेजिन, ई न्युज लगायतको उच्चतम प्रयोग गर्दै डिष्ट्रिक्टमा रहेका सबै किसिमका फण्डहरुको डाटावेश तयार गरी सबैको हातहातमा मोवाइल एप्स मार्फत पुर्याइनेछ।
३.अन्तर लायन्स तथा ओपन क्विच कन्टेष्ट प्रतियोगिताको आयोजना गराई सम्पूर्ण सदस्यहरुलाई पढ्ने र जानकारी राख्ने बानीको विकास गरिनेछ भने देशै भरका प्लस टु का विद्यार्थीहरु र वहाँहरुका अभिभावक मार्फत लायन्सलाई व्राण्डिङ गराइनेछ ।
४.अन्तर्राष्ट्रियस्तरको गभर्नर्स ओपन भलिवल म्याच खेल खेलाई रंगशालामा दशौं हजार लायन्स मार्फत लायन्सको व्राण्डिङ गराइनेछ ।
५. नेपालमा पछिल्लो दिनमा फैलिएको क्यान्सर रोगको मुल जड हरियो तरकारी र फलफूलमा मिसाइएको विषादीको अनुचित र अनाधिकृत रुपमा भएको प्रयोगलाई निरुत्साहित गर्न एक स्थानीय, प्रदेश र संघ सरकार एवम् सरोकारवालाहरुसँगको सहकार्यमा एक विशेष कार्यक्रम ल्याइनेछ, पुनश्च बजार क्षेत्रमा हामीले बच्चाहरुलाई दैनिक खुवाइने दुध र हरेक भान्सामा पाक्ने तरकारी एवम फलफूल लगायतका खाद्यान्नहरुको मिसावट आजको समाजको मुल चुनौत बन्न पुगेको छ, यसमा हाम्रो विशेष योगदान रहनेछ।
६.डिष्ट्रिक्ट तथा क्लवद्वारा आयोजना हुने सबै कार्यक्रमहरुको एक विधि निर्माण गरी ती कार्यक्रमहरुको मर्मलाई मध्यनजर गर्दै सेवामुखी बनाउँदै एकरुपता ल्याइनेछ । त्यसको लागी एक कार्यविधि निर्माण गरी जारी गरिनेछ ।
७.लायन्स शिक्षा कोष (पढाऔं अभियान), नेपाल लायन्स फाउण्डेन, टियु ब्लड बैंक, डिजाष्टर फण्ड लगायतका डिष्ट्रिक्टका फण्डहरु सञ्चालन र मुद्धती अवधि सकिन लागेको पुर्व सूचना दिने विधि निर्माण गरी तुरुन्तै रिन्यु गर्ने, कोषहरुको समयमा वितरण गर्ने, कोषका ट्रष्टीहरुलाई नियमित समय तालिका बनाई पिन, प्रमाणपत्र आदिले सम्मान गर्दै वहाँहरुलाई अभिप्रेरित गर्ने र जुनसुकै बेलापनि मोवाइल एप्स मार्फत रकमहरुको सहजै सूचना लिन सकिने व्यवस्था मिलाइने।
८.पुर्व गभर्नरज्युहरुका कार्यक्रमलाई यथाशक्य निरन्तरा दिइने छ।
लायन चण्डीप्रसाद अर्याल
डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार
लायन वर्ष २०२४।०२५